Breaking News

प्रचण्डसँगको ‘लव’ प्रसंग कोट्याउदा मुर्छा परेर हासिन रेखा

Rekha Thapa९ जेठ,काठमाडौ। हालसालै एकीकृत माओवादीमा प्रवेश गरेकी चर्चीत अभिनेत्री रेखा थापाले पार्टीले आवश्यक ठाने चुनाव लड्न तयार रहेको बताएकी छन । चुनाव लडेमा एमाले नेता खड्ग ओलीसंग भिडने उनले बताइ सकेकी छन ।
बुधवार राती बीबीसी नेपाली सेवा संगको अन्तरवार्ताका क्रममा रेखाले चुनाव लडने संकेत गरेकी हुन ।
अभिनेत्री थापाले आफू बाल्य कालदेखी नै क्रान्तिकारी स्वभावको भएका कारण अहिले माओवादीमा प्रवेश गरेको उनले बताइन । १७ हजार व्यक्तीको रगत बगाएको पार्टी किन रोज्नु भयो भन्ने पत्रकार रवीन्द्र मिश्रको पश्नमा रेखाले माओवादी भूमिगत रहदा देखी नै आफूको मन जितेको बताइन ।
‘म बोर्डिङ पढ्न जादा स्कर्ट लगाएर जान्थे, आफ्नो बाल्यकाल कोट्याउदै रेखाले भनिन–म स्कर्ट लगाएर हिडदा अरुले सरकारी पोसाक लगाएको देख्दा ह्युमिलेसन हुन्थ्र्यो ।’ उनले महिला, बालबालिकाको पक्षमा कामगर्ने आफ्नो रुची रहेको र त्यसैकालागि एनजिओ दर्ता प्रक्रिर्या सुरु गरेको बताइन ।
अन्तरवार्ताको अन्त्यतिर रवीन्द्र मिश्रले प्रचण्डसंगको प्रेम प्रसंगको कुरा उक्काउदा रेखा लामो हासिन अनि प्रतिपश्न गरिन–‘तपाइले कस्तो प्रेमको कुरा गर्नुभएको ?’ मिश्रले अखवारमा लेखेजस्तो भनेपछि रेखा थापा फेरी हासिन ।
रेखाले मनमिल्ने सबैसंग आफ्नो प्रेम रहेको बताउदै भनिन–‘तपाइको प्रश्न गर्ने शैली पनि मलाइ मनपर्छ ।’ राजनीति भनेको के हो ? भन्ने पहिलो प्रश्नको जवाफमा लर्खराएपनि अधिकाशं प्रश्न खरो जवाफ फर्काएकी थिइन रेखाले ।

How about this Article

No comments:

Leave a Reply