माओवादीले जे भन्छ त्यही संघियता हो र ?
९ जेठ,खोटाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले माओबादीले जे भन्छ, त्यही मात्र संघीयता नभएको बताएका छन्। बिहिबार खोटाङको दिक्तेलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै खड्काले पहिचान, पहुँच र सामथ्र्यका आधारमा संघीय राज्य निर्माण गर्नुपर्ने
बताए ।
पहुँच, पहिचान र सामथ्र्यलाई अलग गरेर संघीय राज्यको कल्पना गर्न नसकिने उनले तर्क गरेका थिए ।
बताए ।
पहुँच, पहिचान र सामथ्र्यलाई अलग गरेर संघीय राज्यको कल्पना गर्न नसकिने उनले तर्क गरेका थिए ।
पहुँच बिनाको संघीयता मुलुकमा सफल र पर्यप्त नहुने दाबी गर्दै नेता खड्काले पहुँच र पहिचान दुबैको आधारमा बहुपहिचानयुक्त संघीय प्रदेशहरु निर्धाण गर्नुपर्नेमा जोड दिए ।
सवै जातजातीको पहिचान हुने किसिमको सामर्थ्य र पहुँच युक्त ७ वा ८ प्रदेश नेपालकालागि उपयुक्त हुने पनि उनले बताए ।
जातीय संघीयताले द्धन्द्ध निम्तिए देशको स्वाधिनता र राष्ट्रियता खतरामा पर्ने उनको ठहर थियो ।
जातीय संघीयताले द्धन्द्ध निम्तिए देशको स्वाधिनता र राष्ट्रियता खतरामा पर्ने उनको ठहर थियो ।
नेता खड्काले आगामी संबिधानसभाको निर्वाचनमा अन्य कुनै दलसँग चुनावी तालमेल नहुने पनि उल्लेख गरे

No comments: