Breaking News

मियाँको लाशसंगै बसेर गृहमन्त्रीले भने हत्यारालाई कारवाही हु्न्छ

madhav ghimire१० जेठ, सप्तरी। सप्तरी पुगेका गृहमन्त्री माधव प्रसाद घिमिरेले पुर्व सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गरिने बताएका छन्। 
पुर्व सभासद् मियाँको शबमा श्रद्धाञ्जली दिन आज विहान सप्तरीको कल्याणपुर–२ स्थित मियाँको घर आएका भएका गृहमन्त्री घिमिरेले 
मियाँको हत्या प्रति दुखद भएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याउन राज्यले सुरक्षा संयन्त्र परिचालन गरिसकेको र अनुसन्धान जारी रहेको बताएका हुन् ।
हत्यामा संलग्नहरुलाई कार्वाही गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले विश्वास दिलाए ।
सरकारले पुर्वसभासद् मियाँको हत्या प्रकरणको न्यायिक छानविनका लागी महिनाभित्र प्रतिवेदन बुझाउन हिजो नै आयोग गठन गरिसकिएको उनले जानकारी दिएका थिए ।
 
आजै विहान साढे आठ बजे घट्नास्थल आईपुगेका भएका गृहमन्त्री घिमिरेले पुर्वसभासद् मियाँको पार्थिव शरिरमा फुल अर्पण गरि श्रद्धाञ्जली दिदै शोकाकुल पुर्वसभासद्का परिवारजनलाई धैर्यधारण गर्न आग्रह गरेका थिए ।
करिब २० मिनेटसम्म मियाँका परिवारसँग कुराकानी गर्नुभएका गृहमन्त्रीले हत्यामा संलग्नलाई पक्राउ गरि कार्वाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने अश्वासन दिएका थिए । 
गृहमन्त्री नआएसम्म शबलाई अन्त्येष्ठि नगर्ने अडानमा रहेका संघर्ष समितिले गृहमन्त्री आएपछि अहिले केही बेरमा शबको मुस्लिम परम्परा अनुसार अन्त्येष्ठि गरिने बताइएको छ।
गृहमन्त्री घिमिरेले आजै राजविराजस्थित सगरमाथा अञ्चल प्रहरी कार्यालयमा पुर्व सभासद् मियाँको हत्याको बिरोधमा आन्दोनरत संघर्ष समितिका पदाधिकारी, बिभिन्न राजनीतिक दलका नेता तथा स्थानियबासीहरुसँग घट्नाको बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

How about this Article

No comments:

Leave a Reply