Breaking News

पृथु बास्कोटाको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली भारततर्फ

nepali cricket team returns from bermuda१० जेठ, काठमाडौ । ३१ औ अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । 
राष्ट्रिय टोलीका कप्तान पारस खड्का घाइते भएपछी नेपाली टोलीको कप्तानी पृथु बास्कोटाले सम्हाल्ने भएका छन् । टोलीको उप-कप्तानको जिम्मेवारी भुवन कार्कीले सम्हालेका छन् भने प्रशिक्षकको जिम्मेवारी पूर्व राष्ट्रिय कप्तान विनोद दासले सम्हालेका छन् । टोलीका अन्य खेलाडीमा शक्ति गौचन, अनिल मण्डल, विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, रामनरेश गिरी, नरेश बुढाऐर छन् । यस्तै, अविनाश कर्ण, चन्द्र साउद, यज्ञमान कुमाल, महेन्द्र चन्द र राजेश पुलामी मगर पनि भारत प्रस्थान गरेका छन् ।
राष्ट्रिय टोलीको फास्ट बलिङको प्रशिक्षक रहेका दासले प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेको यो पहिलोपटक हो । 
सत्र सदस्यीय नेपाली टोली रेलमार्फत भारत प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
नेपालले भारतमा भइरहेको उक्त प्रतियोगितामा भारतका स्टार क्रिकेटरहरू विरेन्द्र सेहवाग, कप्तान महेन्द्र सिंह धोनी, हरभजन सिंहहरूको टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

How about this Article

No comments:

Leave a Reply