अफगानिस्तान विस्फोटमा ३ नेपाली सहित ७ को मृ्त्यु
उक्त विस्फोटमा परी कम्तिमा ७ जनाले ज्यान गुमाएका छन् भने कयौ घाइते भएका छन् । विस्फोटपछि उक्त क्षेत्रमा केही घण्टासम्म गोली समेत चलेको थियो ।
यस घटनापछी अफगानिस्तानका केही शहरहरूमा नाकाबन्दी गरिएको छ । उक्त हमलामा प्रवासन संगठनको गेस्ट हाउस क्षतिग्रस्त भएका छन् भने त्यहाँका दुई कर्मचारी घाइते भएका छन् । तालिवानी प्रवक्ताले दिएको जानकारी अनुसार सोही गेस्ट हाउसलाई निशाना बनाएर उक्त आक्रमण गरिएको थियो ।
यो विस्फोट निकै भयानक भएको र कयौ किलोमिटर टाढासम्म समेत यसको आवाज पुगेको अफगान अधिकारीहरूले बताएका छन् ।
अफगान अधिकारीहरुले यो घटनालाइ सुनियोजित भनेका छन् ।

No comments: