सुरक्षा भन्दै ट्विटरमा झण्झट...
केहि समयअघि विश्वका प्रतिष्ठित समाचार संस्था एसोसियटेड प्रेस, दी फाइनान्सियल टाइम्स र दी ओनिअनका ट्वीटर एकाउन्ट ह्याक भएपछी ट्विटरले सुरक्षाको कारण देखाउँदै थप लगइनको व्यवस्था गर्न लागेको हो । ह्याकरले एपीको ट्वीटर एकाउन्ट ह्याक गरि अमेरिकी राष्ट्रपति बाराक ओबामा घाइते भएको समाचार ट्वीट गरेको थियो ।
दैनिक रूपमा करिब ४ करोड ट्वीट हुने उक्त सामाजिक सञ्जालमा सुरक्षाका कारण आफ्ना प्रयोगकर्ताको सूचना लिक हुने संभावना देखिएपछी ट्वीटर कम्पनीले यस्तो डबल लगइनको व्यवस्था गर्न लागेको हो ।
ट्वीटरले गर्न लागेको नयाँ सुरक्षा व्यवस्था अनुसार प्रयोगकर्ताले आफ्नो एकाउन्ट खोल्नुअघि सही भए नभएकोबारे निश्चित गर्नका लागि नयाँ अप्सनमा जानुपर्ने छ ।
ट्वीटरको यो कार्यलाई इन्टरनेट सुरक्षामा काम गरिरहेका विज्ञहरूले सकारात्मक कदम भएको बताएका छन् । उनीहरूले यसले ट्वीटरलाई सुरक्षित सामाजिक सञ्जालको रूपमा विकसित हुने विश्वास व्यक्त गरेका छन् ।

No comments: