भारतको कुरा टेरेनन् मधेषी नेताले
भारतको सन्देश र नीति अनुरूप मधेषी नेताहरूलाई लगाउने उदेश्यले ठाकुरले बोलाएको मधेषी नेताहरूको बैठकमा केही नेताहरू उपस्थित नै भएनन् भने आएकाले पनि महन्थको कुरालाई खासै रूची देखाएनन् । आशन्न संविधानसभा निर्वाचनमा मोर्चाबन्दी बनाएर जाने बिषयमा महन्थले कुरा उठाएपछी मधेशवादी नेताहरूले तराइका एजेण्डामा सहकार्य गर्ने सैद्धान्तिक सहमति त जनाए तर त्यसलाई गम्भिर रूपमा भने लिएनन् ।
छलफलमा कार्यक्रममा तराइ मधेश अभियानका जेपी गुप्ता, समाजवादी लोकतान्त्रिक पार्टीका सरदसिंह भण्डारी लगायत १३ दलका नेताहरु उपस्थित थिए ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेशी दलहरुबीच सुमधुर सम्बन्ध विस्तारका लागि चियापान कार्यक्रम आयोजना गरेको बताएपनि उनको मुख्य उदेश भने भारतको सन्देश मधेषी नेताहरूलाई पुर्याउनु थियो भन्छन् बैठकमा उपस्थित एक मधेषी नेता । उनका अनुसार बैठक भारतको ठाडो आदेशमा बोलाइएको जस्तो देखिन्छ । बैठकमा भारतले यसो भनेको छ र उसो भनेको छ भन्दै महन्थले अब यसरी जानु पर्छ भन्ने आशय राख्ने काम मात्र गरेको उनले बताए ।
२१ दललाई बोलाइएको भएपनि विजयकुमार गच्छदारको फोलम लोकतान्त्रिक, राजेन्द्र महतोको सदभावना र उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम उपस्थित थिएनन् ।
कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाहिरका साना दलले बृहत्त मधेशी मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका थिए । सदभावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरिले संघीयता, लोकतन्त्र र मधेशको हितका लागि बृहत्त मोर्चा बनाउनु पर्ने प्रस्ताव गरेकी थिइन ।
तमलोपा प्रवक्ता शर्वेन्दनाथ शुक्लाले मधेशी दलको सहकार्यका लागि तित्तता मेटाउन चियापान आयोजना गरिएको नेपाली हेडलाइन्सलाइ बताए ।
तमलोपा प्रवक्ता शर्वेन्दनाथ शुक्लाले मधेशी दलको सहकार्यका लागि तित्तता मेटाउन चियापान आयोजना गरिएको नेपाली हेडलाइन्सलाइ बताए ।

No comments: