पति प्रेमिकातिर लागेपछि पत्नी देवरसँ
१२ जेठ, लहान । पति प्रेमिकासँग लहसिन नछाडेपछी वाक्क भएर माइत बसेकी एक युवतीले पतिकै भाइ अर्थात् देवरसँग विवाह गरेकी छिन् । विवाह गरेको एक महिना नबित्दै पतिले आफूलाई वेवास्ता गरेर प्रेमिकासँग लहसिएपछि माइत पुगेकी आशाकुमारी शाहले आफ्नै देवर अर्थात् पतिका भाई विकास शाहसँग विवाह गरेकी छिन् ।
विवाह भएको १५ दिनपछि आफ्नो पतिको प्रेमिका रहेको थाहा पाएकी आशाकुमारीले पतिलाई सम्झाउन खोज्दा पनि नटेरेपछी माइत गएर बसेकी थिइन् । यसैक्रममा देवर विकासले आफूले भाउजु आशासँग विवाह गर्न चाहेको कुरा माइतमा पठाएपछी माइतीसमेतको स्विकृतीमा उनीहरूको विवाह सम्पन्न भयो । उक्त विवाहमा विकासका दाजु तथा आशाका पूर्व पति भने उपस्थित थिएनन् ।
दुवैले एक-अर्काको बानी राम्रो लागेको भन्दै एक-अर्कालाई सहजै स्विकार गरेका थिए ।
हिन्दु परम्पराअनुसार सम्पन्न भएको विवाहमा मात्र १ हजार ५ सय ५० रूपैयाँ खर्च भएको बताइएको छ ।

No comments: