Breaking News

भारतमा माओवादी आक्रमण, वरिष्ठ कांग्रेस नेता सहित २१ को मृत्यु

Maoist-attack-in-india१२ जेठ, एजेन्सी । भारतको छत्तिसगढमा माओवादीले गरेको केही समय यताकै भिषणमा आक्रमण वरिष्ठ कांग्रेसी नेता सहित २१ नेता कार्यकर्ताको ज्यान गएको छ । माओवादी आक्रमणमा १० जना प्रहरीको ज्यान गएको छ ।
मारिने वरिष्ठ कांग्रेसी नेता महेन्द्र कर्मा हुन् ।
हमलामा ६ जना कांग्रेसी नेता बेपत्ता भएका छन् । उनीहरूलाई माओवादीले अपहरण गरेको अनुमान गरिएको छ । अपहरणमा पर्नेमा छत्तिसगढका कांग्रेस प्रमुख नन्द कुमार पटेल पनि छन् । अपहरणमा परेका उनका छोरा भने भेटिएका छ्न् ।
छत्तिसगढमा परिवर्तन यात्रामा सामेल भएका नेता कार्यकर्तामाथी आक्रमण भएको हो । २० वटा गाडीमा करिब १२० नेता कार्यकर्ता सुकमाबाट जगदलपुर जाँदै गर्दा माओवादीहरुले दुइ घण्टासम्म गाडीमाथी लगातार गोली प्रहार गरेका थिए ।
घट्नामा कांग्रेसका पुर्व सांसद उदय मुदलियारको पनि ज्यान गएको छ ।
हमलामा केही कांग्रेसी नेता गंभिर घाइते भएका छन्।

How about this Article

No comments:

Leave a Reply