Breaking News

खिलराजलाई अल्टिमेटम दिने तयारी, रेग्मी झन रूष्ट

khilraj१२ जेठ, काठमाडौ । प्रमुख चारदलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरिय राजनीतिक संयन्त्रले चुनाव मिति घोषणा गर्न सरकारलाई अल्टिमेटम दिने भएको छ । शुक्रबार बसेको संयन्त्रको बैठकको निर्णय अनुसार चारदलका शीर्ष नेताहरुले आज रेग्मीलाइ भेटी निर्वाचन कानूनमा सहमति गर्न दवाव दिन थालेका हुन् ।
सरकार गठन भएको ७५ दिन पुग्न लाग्दा समेत निर्वाचन मिति घोषणा गर्न नसकेको भन्दै राजनीतिक दलहरु रेग्मीसंग असन्तुष्ट भएका छन । पूर्व सहमति वेगर प्रधानन्यायाधीशवाट राजीनामा मागिएको प्रति रेग्मीपनि रुष्टछन । नेकपा माओवादीको मागमा समर्थन जनाउदै कांग्रेस सभापति सुशील कोइरालाले समेत राजीनामा मागेपछि रेग्मी रुष्ट बनेका हुन् ।
अध्यक्ष रेग्मीलाई दिउँसो भेटेर निर्वाचन कानूनमा सहमति कायम गरी निर्वाचन मिति घोषणा गर्न दवाव दिइने संयन्त्रका संयोजक एमाले अध्यक्ष झलनाथ खनालका सहयोगिहरुले नेपालीहेडलाइन्सलाई जानकारी दिए । निर्वाचन मिति घोषणा हुन नसक्दा सर्वसाधारणमा अन्यौलता बढदै गएको संयन्त्रले ठहर गरेको थियो ।
शीर्ष नेताहरुले निर्वाचन मिति घोषणाको माग राखेर आमरण अनसनमा रहेका सदभावना अध्यक्ष राजेन्द्र महतोको अनसन फिर्ता गराउन समेत रेग्मीको ध्यानाकर्षण गराउने भएका छन ।

How about this Article

No comments:

Leave a Reply