म्याग्दीमा स्ववियु निर्वाचनको चहलपहल
कमल खत्री÷म्याग्दी
जेष्ठ, १२ गते ।
स्ववियु निर्वाचनको मिति नजीकिदै जाँदा म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले चहलपहल बढाएका छन् । क्याम्पस प्रवेश गर्ने क्याम्पसचोकका भित्ता, सडक, पेटी, विजुलीका पोल सवै विद्यार्थी संगठनका चुनाबी नाराले रंगीएका छन् । विद्यार्थी संगठनहरुले आफुलाई जिताउन आकर्षक नाराहरुलाई तुल व्यानर बनाएर समेत प्रचार प्रसार गरेका छन् । यस पटकको स्ववियु चुनाबमा विद्यार्थी संगठनहरुले आधुनीक प्रचार प्रसारको प्रविधिलाई पनी राम्रै संग उपयोग गरेका छन् । सवैका हातहातमा मुवाईल फोन सुविधा पुगेकाले सवैभन्दा भरपर्दो र प्रभावकारी प्रचारको रुपमा उनीहरुले कल व्यागट्युन र रिङ्ग व्यागट्युनमा आफ्नो संगठनको गितलाई सिआरविटी र पिआरविटी बनाएर समेत प्रचार प्रसार गरेका छन् ।

म्याग्दी वहुमुखी क्याम्पसमा बलियो मानिएका तिन ठुला विद्यार्थी संघ, संगठनहरुले चुनाब जित्ने दावि गर्दै चुनाबी प्रचार प्रसारलाई तिब्र बनाएका छन भने साना विद्यार्थी संगठनहरुले पनी यो पटकको चुनाबमा आफ्नो उमेदवारी दिने आधार बलियो बनाएको बताएका छन् । क्याम्पसमा बलियो मानिएका नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ र एकिकृत नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)ले निर्वाचनलाई आ–आफ्नो पक्षमा पार्नका लागी तयारीमा जुटेका छन् । आन्तरीक वैठक, भेला तथा संगठन निकटकका विद्यार्थीहरुलाई विभिन्न माध्ययमबाट भोट आफ्नो उमेदवारलाई दिन उनीहरुले कुनै कसरत बाँकी राखेका छ्रैनन् ।
चुनाबको मिति नजीकीदै जाँदा विद्यार्थी संगठनहरु उमेदवार छनोटमा व्यस्त देखीएका छन्। अखिल (क्रान्तिकारी) ले देशव्यापी रुपमा चुनाबमा अध्यक्षको उमेवार सार्वजनिक गरेपनी अन्य संगठनहरु अहिले पनी उमेवार छनौटमा आन्तरीक छलफलमै छन् । एमाओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले म्याग्दी बहुमुखी क्याम्पसमा जिल्ला अध्यक्ष प्रविण खत्रीलाई अध्यक्षको उमेदवारको रुपमा घोषणा गरेको छ । अनेरास्ववियले सभापतीमा अनेरास्ववियुमा जिल्ला सचिबालय सदस्य तथा स्ववियु सदस्य समेत रहेका तेजेन्द्र बानीयाँ र सचिबमा जिल्ला सचिबालय सदस्य प्रकाश पौडेललाई चयन गरेको छ । प्रचार प्रसारलाई तिब्र बनाएका छौँ, अनेरास्ववियुका नेता मिन कार्कीले भने– ‘‘ विगतको नतीजा र विद्यार्थीहरुको आकर्षणले गर्दा अनेरास्ववियुको जित सुनिश्चित छ ।’’
यता नेविसंघले उमेदवारीको टुंगो लगाउन सकेको छैन्, आन्तरीक छलफलमै छौ, नेविसंघ जिल्ला अध्यक्ष भरत रकाल भन्छन् –‘‘ सहमतीमै सवै समुदायका विद्यार्थीहरुलाई समावेसी बनाएर उमेदवारहरुको टुंगो लगाउँछौ । ’’ स्रोतका अनुसार नेविसंघले सभापतीको उमेदवारमा जिल्ला अध्यक्ष रकाल , सचिब चक्र केसी र क्याम्पस ईकाइ सभापती रामकुमार पौडेल मध्ये एकलाई उठाउने लगभग पक्का भएको छ ।फर्जी विद्यार्थी भर्ना गराउने र चुनाब जित्ने खतरा बढेपछी विद्यार्थी संघ संगठनहरुले गत शुक्रवारदेखी नै म्याग्दी क्याम्पसमा आगामी जेठ २४ गते सम्मका लागी भर्ना कार्यक्रलाई स्थगीत गराएका छन् । यस अगाडीको चुनाबमा प्यानल जितेको अनेरास्ववियुले यो पटकको चुनाब पनी आफ्नो संगठनले जित्ने दावि गरेको छ ।
यता नेविसंघले क्याम्पसमा आफ्नो संगठनले पुस्तकालयलाई पुस्तक हस्तान्तरण, रक्तदान, वृक्षारोपण, सरसफाई, लगायतका उदाहरणीय काम गरेकाले यो पटकको चुनाब आफुहरुले जित्ने सुनिश्चित रहको दावि गरेको छ भने अखिल क्रान्तिकारले विद्यार्थीहरुको हक, हित र अधिकार सुनिश्चित गर्नका लागी पनी आफ्ना एजेन्डाहरु बलियो भएकाले विद्यार्थीहरुको समर्थन बढि रहेको अध्यक्ष प्रविण खत्रीको दावि छ । तिन ठुला संगठनले चुनाब जित्ने दावि गरीरहेको अवस्थामा नेकपा –माओवादी निकट अखिल क्रान्तिकारी, राप्रपा निकट राप्रविसंघ, जनमोर्चा निकट अखिल छैँटौँले पनी आफुहरुले चुनाबमा लड्ने आधार बलियो रहेको दावि गर्छन् ।

No comments: