मुम्बइ इन्डियन्सद्धारा आईपिएलको उपाधी कब्जा
१३ जेठ,काठमाडौ। मुम्बइ इन्डियन्सले पहिलो पटक इन्डियन प्रिमियर लिग(आईपिएल)को उपाधी जितेको छ । गए राती खेलिएको आईपिएलको फाइनल खेलमा मुम्वइ इन्डियन्सले तीन पटक उपाधी जितेको चेन्नइ सुपरकिंग्सलाइ हराएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बइ इन्डियन्सको शुरुवात भने राम्रो हुन सकेन्। कुनै समयमा ५२ रना ४ विकेट गुमाएको स्थितिमा पुगेको मुम्बइको लागी किरना पोलार्डले ६० रनको विष्फोट पारी खेलेका थिए।
उनले १८७ को स्ट्राइक रेटमा ३२ बलमा ६० रन बनाएपछि मुम्बइले १४८ रन बनाउन सकेको थियो। मुम्बइका लागि अमवती रायडुले ३७ रनको योगदान दिएका थिए।
चेन्नइका ड्वेन ब्राभोले ४ विकेट लिएपनि उनि महंगा सावित भए। उनले प्रति ओभर १०.५ रनका दरले ४ ओभरमा ४० रन दिए ।

१४९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको चेन्नइ सुपरकिंग्सको पारी शुरुवातमै लरखराएको थियो।
लसिथ मलिंगा, मिचेल जोन्सन र हरभजन सिंहले उत्कृष्ट बलिङ गरेपछि चेन्नइका ब्याट्सम्यानहरुले लगातार घँडा टेक्दै गए। चेन्नइका कप्तन महेन्द्र सिंह धोनी ६३ बनाए पनि त्यो पर्याप्त हुन सकेन् र चेन्नइ सुपरकिंग्स २३ रनले पराजित भयो ।
चेन्नई २० ओभर खेल्दै १२५ रनमा समेटिएको थियो।
मुम्बइका लागि लसिथ मलिंगा, मिचेल जोन्सन र हरभजनले सिंहले समान २-२ विकेट लिएका थिए ।
मुम्बइले आईपिएल उपाधी जितेको यो पहिलो पटक हो।

No comments: