तीनदिनमा होला निर्वाचन घोषणा ?
संयन्त्रको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन कानूनमा सहमति जुटन नसकेको एकप्रतिसत थ्रेसहोल्ड राख्ने लगायत बिषयमा छलफल हुने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । यद्यपी दलहरूले दावी गरे अनुसार तीन दिनमा निर्वाचन मिति भने घोषणा नहुने भएको छ ।
मन्त्रीपरिषद कार्यालय स्रोतले तीनदिन भित्र निर्वाचन मिति घोषणाको कुनै सहमति नभएको बतायो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरिय संयन्त्र र मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीबीचको छलफलपछि तमलोपा अध्यक्ष महन्थ ठाकूरले तीन दिनभीत्र निर्वाचन मिति घोषणा हुने बताएका थिए ।
ठाकुरले भनेको कुरालाई विश्वास गर्ने हो भने भोलीसम्ममा निर्वाचन मिति घोषणा हुनुपर्ने थियो । एकीकृत माओवादीका नेताहरुले पनि तीन दिनमा निर्वाचन घोषणाको संभावना नरहेको बताए ।

No comments: