सचिनद्धारा सन्यासको घोषणा
उनले मुम्बईलाई फाइनल जिताउन खेल त खेल्न सकेनन् तर, उनले आफ्नो टोलीले उपाधी जितेको र आफूलाई यो नै सन्यासको घोषणा गर्ने उचित समय रहेको बताएका छन् । करिब १५ दिनअघि सनराइजर हैदराबादसँगको खेलमा घाइते भएपछी उनी मुम्बईका अन्य खेलमा बेन्चमा बस्न बाध्य भएका थिए ।
एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा उनले भने, ' यो मेरो अन्तिम आएपिएल हो । यो संस्करण निकै राम्रो भयो ।' उनले थपे, 'मलाई लाग्छ यो समय नै मेरो सन्यास लिने उपयुक्त समय हो । म ४० को लागिसके र मैले यो स्विकार गर्नै पर्छ । मैले निर्णय गरिसके की यो नै मेरो अन्तिम आएपिएल संस्करण हुनेछ ।'
सचिनले आएपिएलमा ७८ वटा खेलहरू खेलेका छन् । उनले ती खेलहरुमा ३४.८३ को औसतमा २ हजार ३ सय ३४ रन जोडेका छन् । यसमा सचिनको एक शतक र १३ वटा अर्धशतक समेत दर्ता छन् ।

No comments: