Breaking News

बाबुरामलाई मन पर्यो 'उमा'

uma nepali film१६ जेठ, काठमाडौ । देशमा भएको द्धन्दको अवस्थालाई पर्दामा उतारिएको चलचित्र 'उमा'ले एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईको मन छोएको बताएका छन् ।

बुधबार राजधानीको सिभील मलमा बेलुका साढे ६ बजेको शो हेर्न पुगेका बाबुरामका साथमा पत्नी तथा नेतृ हिसिला यमी भट्टराई र छोरी मानुषी यमी भट्टराई पनि थिए । स-परिवार बसेर चलचित्र हेरपछी प्रतिक्रिया दिने क्रममा उपाध्यक्ष भट्टराईले चलचित्र 'उमा' वस्तुवादी चलचित्र भएको बताए । उनले उमामा प्रस्तुत गरिएका श्रृंखलाहरुमा देखाइएका फरक-फरक धारणाहरू, फरक विचार, दृष्टिकोण, दुई वर्गबीचको लडाईलाई उनले चलचित्रको उत्कृष्ट पक्ष भएको बताए । उनले भने, 'अलि तटस्थ भएर सोध्चे मानिसका लागि मानविय समवेदना, मानविय सम्बन्ध, पारिवारीक सम्बन्ध भएको मैले पाए, कला पक्ष राम्रो छ। अभिनय पक्ष राम्रो छ । 


उनले समग्रमा फिल्म उत्कृष्ट र हेर्न लायकको भएको प्रतिक्रिया दिए । राम्रो लेखेर परिकल्पना गरेको र सोचाई अनुसारको निर्देशकीय प्रस्तुती उत्कृष्ट भएको भन्दै निर्देशक छिरिङको तारिफ गरेका थिए भने कलाकारको अभिनय पनि जीवन्त रहेको बताएका थिए ।

How about this Article

No comments:

Leave a Reply