Breaking News

रेग्मीले राजिनामा दिन हुन्नः माधव नेपाल

madhav kumar nepal१६ जेठ, पोखरा ।नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले अन्तरिम चुनाबी मन्त्रीपरषद्का अध्यक्ष खिलराज रेग्मीले तत्काल राजिनामा दिन नहुने बताएका छन्। एमाले अध्यक्ष झलनाथ खानलले सरकारको खट्टा उद्देश्यबाट चिप्लदै गएको बताएपनि नेता नेपालले सरकार सुदृढ र लचक भएर प्रस्तुत हुनुपर्ने बताए ।
नेता नेपाल पहिले रेग्मीलाई सरकार प्रमुख बनाउन हुने पक्षमा थिएनन् भने रेग्मीले सरकारको नेतृ्त्व गरेपछि पनि उनले तत्काल प्रधानन्याधिसबाट राजिनामा दिनु पर्ने माग राख्दै आएका थिए।
प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले निर्बाचन सम्पन्न नभई रेग्मीले राजिनामा दिन नहुने बताए। प्रमुख दलका शिर्ष नेताहरुले नै सरकारको आलोचना गरिरहेका बेला उहाले बर्तमान सरकारलाई पूर्ण साथ र सहयोग रहने स्पष्ट पारे ।
सरकार कसैको प्रतिछाया, ईसारा र आदेशमा चल्न हुदैन उनले भने तर भट्टराई सरकारले गरेका नियुक्तीहरु खारेज गर्नुपर्ने जिकिर उनले गरे । राज्यलाई नोक्सान हुने काम सरकारले नगरोस् हाम्रो पूर्ण साथ रहन्छ उनले भने ।
मंसिर ५ भित्र निर्बाचन सम्पन्न गरिसक्नुपर्नेमा जोड दिदै नेपालले सरकार दृढताको साथ चुनाबको पक्षमा लाग्नुपर्ने सुझाब दिए । दृढता मात्र भएर हुदैन लचकताको साथ असन्तुष्ट पक्षलाई मिलाउनुपर्छ उनको भनाइ थियो । नेकपा-माओबादी चुनाबको बिपक्षमा नरहेकाले उनिहरुलाई पनि सहमतिमा ल्याउने गरी सम्बाद गर्नुपर्ने उनको ठहर थियो । एमाले बाहेक अन्य दलसंग कार्यदिशा नभएको नेपालले आरोप लगाए । प्रधानन्यायधिशलाई प्रधानमन्त्री मान्ने बिषयमा एमाले चुकेको भएपनि अन्य दलहरुसंगको सहमतिलाई आधार मानेर अघि बढ्नुको बिकल्प नरहेको उनले बताएका थिए ।


How about this Article

No comments:

Leave a Reply