२३ गतेको स्ववियुको निर्वाचन स्थगित
१६ जेठ, काठमाडौ । यही जेठ २३ गते हुने भनिएको स्ववियुको निर्वाचन स्थगित भएको छ । विभिन्न क्याम्पसमा भइरहेको तालाबन्दी तथा अन्य विविध कारणले जेठ २३ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन स्थगित गरिएको हो ।
फर्जी भर्नाको विषयमा विद्यार्थी संगठनहरुबीच कुरा नमिलेपछि त्रिविले निर्वाचन नै स्थगित गरेको हो । देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि निर्वाचनका कार्यतालिका नै प्रभावित बन्न पुगेको थियो । छोटो समयको निर्वाचन कार्यतालिका नै प्रभावित भएपछी त्रिविले निर्वाचन स्थगित गर्ने विवाद सुल्झिएपछी मात्र निर्वाचनको मिति घोषणा गर्ने जनाएको छ ।
विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन रद्द भएको हो । छलफलमा नेविसंघ, अनेरास्ववियु तथा माओवादी र एमाओवादी निकट विद्यार्थी संगठनरुको सहभागिता रहेको थियो ।

No comments: