Breaking News

हराएको ११ दिनपछि छिमेकीको धन्सारमा खत्री मृत भेटिए

१७ जेठ, स्याङ्जा । स्याङ्जाको बानेथोक देउराली गाविस- ४ भुरुङडाँडाका ५० वर्षीय भुवनसिह खत्री घरबाट हराएको ११ दिनपछि मृत फेला परेका छन् ।
वडा प्रहरी कार्यालय वालिङले दिएको जानकारी अनुसार जेठ ५ गते घरबाट हराएका खत्री ११ दिनपछि बिहिबार साँझ स्थानीय टेकबहादुर खत्रीको घरको धन्सारमा मृत भेटिएका हुन् ।
कोही नबस्ने घरको धन्सारमा खत्रीको शव भेटिएको हो । खोजी गर्ने क्रममा उनलाई बिहिबार राती धन्सारमा भेटिएको हो । गाउँलेले धन्सारबाट दुर्गन्ध आएपछी के रहेछ भनेर खोज्दा खत्रीको घरमा शव भेटिएको थियो । शव भेटिएपछि स्थानीय बासीले प्रहरीलाई खबर गरेका थिए ।
भेटिएको शव सडिसकेकोले अनुसन्धानमा निक्कै कठिनाइ भएको प्रहरीले बताएको छ । खत्रीलाई कसैले हत्या गर्‍यो या आफैँ मरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

How about this Article

No comments:

Leave a Reply