सुनको आईप्याड चलाउन मन छ ?
१७ जेठ, एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, होटेलले आफ्ना ग्रहाकलाई सुनको आइप्याड दिने कुरा थाहा पाउँदा । सुनबाट बन्ने आइप्याड कस्तो होला र ग्राहकलाई सुनको आईप्याड दिने होटेलमा एक रात बस्नका लागि कति खर्च गर्नुपर्ला ती सबै कुरा थाहा पाउने इच्छा सायद सबैको मनमा आउन सक्छ ।
विश्वको सबैभन्दा महंगो होटेल भनेर चिनिने बुर्ज अल अरबले आफ्ना ग्राहकलाई सुनको आइप्याड-५ दिएर स्वागत गर्छ । विश?वको सभैभन्दा विलासी तथा सुविधासम्पन्न होटेलको रूपमा नाम कमाएको यो होटेलले दिने उक्त आइप्याड-५ मा होटेलले दिने सुविधा, रेस्टुरेन्टको मेनु, स्पा लगायतका जानकारी पाइन्छ । उक्त सबै आइप्याड २४ क्यारेटको सुनबाट बनेको छ ।
उक्त आईफोनमा कालो रंगको एप्पलको लोगो समेत समेत समावेश गरिएको छ । उक्त आईप्याड आफ्ना ग्राहक होटेलमा बस्न आउँने समयमा दिइन्छ र उक्त आईप्याड होटेलमा रहँदाका समयमा उपयोग गर्न सकिन्छ । यो होटेलमा एक रात बस्नका लागी त्यहाँको औसत ८ लाख ३० हजार पर्ने गर्छ । यति मंहगो भएपनि सुनको आईप्याड समेत दिने भएकाले यो मूल्यमा त्यहाँ रहने हरेक मानिस खुसी हुने गरेको बताइन्छ ।

No comments: