Breaking News

डलरको भाऊ ११ महिनाकै उच्च, नाघ्यो ९० रूपैयाँ

dollor us१७ जेठ, काठमाडौ ।अमेरिकी डलरको मूल्य ११ महिनाकै उच्च हुँदै आज शुक्रबार ९० रूपैयाँ नाघेको छ ।
राष्ट्र बैकले शुक्रबारका लागि तोकेको विनयम दरअनुसार एक डलरको लागि ९० रूपैयाँ ६ पैसा पुगेको छ । यो दर बैकका लागी मात्र भएको र सर्वसाधारणले पाउँदा यसको दर अझ उच्च हुन्छ ।
२०६९ साउन ११ मा प्रतिडलर विनियम दर ९० रूपैयाँ ३० पैसा पुगेको थियो । त्यसपछी घटेको डलरको मूल्य अहिले त्यही मूल्यको हाराहारीमा पुगेको छ । पछिल्लो एक महिनादेखी निरन्तर बढ्दै आएको डलरको मूल्य आज ९० नाघेको हो ।
नेपाली रूपैयाँको भारतीय मुद्रासँग स्थिर रहेको छ । भारतमा डलरको मूल्य बढेपछि नेपालमा पनि त्यसको असर परेको हो ।
डलर मंहंगो हुँदा अर्थतन्त्रमा सकारात्मक र नकरात्मक दुवै असर देखिन्छ । निर्यातभन्दा बढी आयात गर्ने मुलुकमा यसको बढी नकरात्मक असर पर्छ । डलरको मूल्य बढ्दा आयातित सामानको मूल्य बढेर मुल्यबृद्धी हुने सम्भावना रहन्छ तर यसको असर देखीन भने करिब १ महिना लाग्छ ।

How about this Article

No comments:

Leave a Reply