'हामीले सत्ता चलाउन सिकिसक्यौ, अब बहुमत देऊ
राष्ट्रिय उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले यसअघी सत्ता राम्रोसँग चलाउन नसक्दा जनताको चाहना पुरा गर्न नसकेको बताउँदै अब सत्ता चलाउन राम्रोसँग सिकिसकेको त्यसैले जनताले बहुमत दिएर आफुहरूलाई सत्ता चलाउन दिनुपर्ने बताएका छन् । उनले भने, "म प्रधानमन्त्री हुँदा राज्यसत्ता चलाउन ढङ्ग पुगेन, उपाध्यक्ष डा बाबुराम भट्टराईजी प्रधानमन्त्री हुँदा धेरै अप्ठ्यारा आए, अब कसरी सत्ता सञ्चालन गर्ने भन्ने अनुभव भयो, त्यसैले पार्टीलाई बहुमत चाहियो ।'
आज यहाँ सम्बोधन गर्दै निर्वाचनमा बहुमत ल्याउन पार्टीले गृहकार्य सुरू गरेको जानकारी पनि दिए । राजनीतिक निकासका लागि नै निर्वाचनमा गएका हौँ, अब निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
कार्यनीतिबारे थप व्याख्या गर्दै उनले धनी र गरिबबीचको असमान दूरीलाई अन्त्य गर्नु नै कार्यनीतिको लक्ष्य रहेको, वित्तीय भूमण्डलीकरणसँग जुध्दै उपभोक्तावादको यसले अन्त्य गर्ने बताए ।
कार्यनीतिलाई व्याहारिक रुपमा कार्यान्वयनमा ल्याउन आगामी कार्यसमितिको बैठकमा कार्यक्रमहरु प्रस्तुत गरिने जानकारी दिँदै उनले भने, "आर्थिक समृद्धिलाई छलाङ मार्ने कार्यक्रम ल्याउँछौ ।"
अध्यक्ष दाहालले जलस्रोत, पर्यटन, कृषि तथा औद्योगिकीकरण गर्दै आफ्नै माटो सुहाउँदो अर्थनीति बनाउने पार्टीको नीति रहेको जानकारी दिए

No comments: