Breaking News

नारायणकाजीको रात्री भोजमा प्रचण्डपुत्रलाई निषेध"

narayankaji cartoon१७ जेठ, काठमाडौ । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विहिबार आजोजना गरेको रात्री भोज विवादमा परेको छ । गणतन्त्र दिवसको उपलक्षमा पूर्व परराष्टमन्त्री काजीले गएराती हरिसिद्धि स्थित निवासमा रात्री भोजको आयोजना गरेका थिए ।
रात्री भोजमा माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश, सहयोगी केन्द्रीय सदस्य सन्तु दराइ परवाना र अर्का सहयोगि शिव खकुरेललाई प्रवेश नदिइएपछि माओवादी भित्र विरोध सुरू भएको छ । नायारणकाजीकी स्वकिय सचिव सुशन कर्माचार्यले प्रकाश लगायत प्रचण्डका सहयोगिहरूलाई भोजमा जान रोकेकी थिइन ।
आयातित माओवादीले खाटी माओवादीलाई अपमान गरेको भन्दै नारायणकाजीको चर्को विरोध भइरहेको छ । पार्टीसँग सल्लाह नगरि रात्री भोज आयोजना गरेको भन्दै नारायणकाजी चर्को विबादमा परेका छन् । कार्यक्रममा विभिन्न देशका राजदूत, दलका नेताहरूलाई समेत आमन्त्रण गरिएको थियो । माओवादी कार्यकर्ता भने न्युन संख्यामा उपस्थित थिए ।

How about this Article

No comments:

Leave a Reply