Breaking News

३५ वर्षपछि नेपालले तिर्यो रसियाको ऋण

russia flag१७ जेठ,काठमाडौ। नेपालले ३५ वर्षपछि नेपालले तत्तकालन सोभीयतसंघबाट लिएको ऋण तिरेको छ ।
नेपालले सन १९७८ अप्रिल १३ मा सोभियतसंघबाट ऋण लिएको थियो। नेपालले त्यतिबेला ७ लाख एक हजार आठ सय ५५ रुबल ऋण लिएको थियो।
तर रसियाले ऋणको ब्याज समेत मागेपछि नेपालले ऋण चुक्ता तिर्न सकेको थिएन, नयाँ पत्रिकाले लेखेको छ।

तर पछिल्लो समयमा आएर रसियाले ब्याज सहित ३५ प्रतिशत ऋण मिनाह गर्न तयार भएको थियो।
नेपालले बुधवारको बिनिमय दर अनुसार २० लाख तीन हजार ६ सय ४३ रुपैया अर्थात २२ हजार २ सय ३८ अमेरिकी डलर ऋणमा ३५ प्रतिशत मिनाह गरेर नेपालले रसियाले ऋण तिर्ने भएको छ।
३५ प्रतिशत मिनाह गर्दा सात हजार ७ सय ३८ डलर घट्दछ।

पुरानो ऋण चुक्त नगरी नयाँ सहयोग नगर्ने रसियन निति भएकाले पनि दुवै मुलुक ऋण विवाद अन्त्य गर्न सहमत भएका हुन्

How about this Article

No comments:

Leave a Reply