Your Are Here
Home »
national-news
» गैर कानूनी कामदार नफर्कीए इपिएस खारेज गर्ने वा कोटा घटाउने कोरियाको चेतावनी
गैर कानूनी कामदार नफर्कीए इपिएस खारेज गर्ने वा कोटा घटाउने कोरियाको चेतावनी
Thursday, May 30, 2013 | Posted by benicity.com
१७ जेठ,काठमाडौ। दक्षिण कोरिया सरकारले इपिएस मार्फत कोरिया पुगेका कामदार गैरकानूनी ढंगले लुक्न थालेको भन्दै गम्भीर चासो जनाएको छ । गत बर्षसम्म नेपाली कामदार इपिएस मार्फत कोरिया पुगेका १५ देशका कामदारको तुलनामा सबैभन्दा इमान्दार ठहरिएपनि अहिले बदमास बन्दै गएको कोरियाले बताएको छ ।
काठमाडौ स्थित इपिएस कार्यालयले पत्रकार सम्मेनल आयोजना गरि पुनः रोजगारीको अबधि समाप्त भएका गैर कानूनी कामदारको अनुपात तीब्र भइरहेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सन २०१० देखी ०१३ को फेब्रुअरी सम्ममा रोजगारी अबधी समाप्त भएका गैर कानूनी नेपाली कामदारको संचिति अनुपात २६ दशमलव ७ पुगेको इपिएस शाखाले जनाएको छ ।
नेपाल भन्दा बढि भियतामका ४४ दशमलव ६ र बंगलादेश ३५ दशमलव ४ प्रतिसत छ । कोरियाको दृष्टिमा नेपाल तेस्रो बदमास बनेका छन । यसबर्ष कोरियावाट २ हजार १८२ जना फीर्ता हुनुपर्ने उसको तथ्याङक छ । विभिन्न देशका गैरकानूनी कामदार कोरियाको लागि टाउको दुखाइको बिषय बनेको छ ।
गैर कानूनी कामदारको अनुपात बढदै गएमा नेपालले आफ्नो कोटा गुमानउन सक्ने नेपाल स्थित इपिएस कार्यालयका प्रमुख ली दोङले बताए । ‘गैरकानूनी कामदारको अनुपात बढि भएका देशका लागि पूर्ण रुपमा स्थगित र कामदारको संख्यामा भारी कतौटी गर्ने नीति रहेको छ, लीले नेपाली हेडलाइन्सलाइ बताए ।
How about this Article
No comments: