किर्गिस्तानमा सङ्कटकाल घोषणा
१७ जेठ, किर्गिस्तान । किर्गिस्तानमा क्याडीयाली लगानीमा रहेको एक सुनखानी वरीपरी शुक्रबार सङ्कटकालको घोषणा गरिएको छ ।
किर्गिस्तानका राष्ट्रपति अल्माज्बेक आताम्बेएभले सो सङ्कटकाल घोषणा गरेका हुन् । क्यानाडाली लगानीमा रहेको किर्गिस्तानको कुम्टार सुनखानीमा राष्ट्रियकरणको माग गर्दै सुरु भएको प्रदर्शनले उग्ररुप लिएपछि सो क्षेत्रमा सङ्कटकाल घोषणा गर्नुपरेको जनाइएको छ ।
यस खानीमा दर्जनौ प्रदर्शनकारीले विद्युतीय स्टेसनलाई आफ्नो कब्जामा लिएर त्यहाँको विद्युतीय लाइन समेत काटिदिएको बताइएको छ ।
यसपछि सुरक्षा बलले ९२ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेका जनाइएको छ । प्रहरीले ती प्रदर्शनकारीलाई कब्जामा लिएपछि शुक्रबार बिहान हजारौँ स्थानीयबासीले जुलुस निकालेका जनाइएको छ ।
राष्ट्रपति अत्माज्बेकले सो क्षेत्रमा स्थानीय समयअनुसार राती ९ बजेबाट बिहान ६ बजेसम्म आगामी जुन १० सम्मका लागि कफ्यु आदेश जारी गरेका छन् । रासस/एएफपी

No comments: