Breaking News

अमेरिकामा फेरी आँधी, आमा छोराको मृत्यु

usa tornado१८ जेठ, एजेन्सी। दुइ हप्ता अघि मात्रै सामुन्द्रिक आँधीले तहसनहस परेको अमेरिकाको ओक्लहामामा फेरी आँधी आएको छ।
शुक्रवार राति ओक्लहामा शहरमा आँधी पसेको थियो। मुख्य हाइवेहरुमा गाडीहरु बगाउँदै शहर पसेको आँधीबाट अहिलेसम्म दुइ जनाको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन्। आँधीबाट कयौं गाडीहरु चालक सहित बेतप्ता भएका छन्।
मर्नेहरुमा एक आमा र छोरा रहेका छन। अधिकारीहरुले उनिहरुको लाश गाडी नजिकै शहरको पश्चिम क्षेत्रमा भेटेका थिए।

यस क्षेत्रमा अझै तीब्र गतिमा हावा चल्ने अनुमान गरिएको छ।
पानी अझै परिरहेको छ भने ४ फिट गहिरो बाढीले उद्धार कार्य व्यापक कठिनाइ उत्पन्न गरेको छ।
धनजनको व्यापक क्षति भएको अधिकारीहरुले बताएका छन् ।
यसै गरि मृतकको संख्या अझै बढने अनुमान छ।

करिब दुइ हप्ता अघि गएको आँधीमा पनि २४ जनाले ज्यान गुमाएका थिए ।


How about this Article

No comments:

Leave a Reply