Breaking News

अन्तराष्ट्रिय रेस्लिङ महाभिडन्त २०७०' आज हुँदै

the himalayan tiger bisural१८ जेठ, काठमाडौ । पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ आज पेसागत पहलमानी मनोरञ्जन च्याम्पियन सङ्घको आयोजनामा 'अन्तराष्ट्रिय रेस्लिङ महाभिडन्त २०७०' हुने भएको छ । 
पेसागत पहलमानी मनोरञ्जन च्याम्पियन सङ्घका अध्यक्ष भरत बिसुराल (दी हिमालयन र्टाईगर)ले दिएको जानकारी अनुसार प्रतियोगिता दशरथ रङ्गशालामा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित अमेरिका र जापानका करिब १ दर्जन रेस्लरहरूबीच भिडन्त हुनेछ ।
तीन वर्षघि काठमाडौँको भृकुटीमण्डपमा आयोजना भएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगितामा दर्शकले साँच्चिकै भिडन्त भएको ठानेर इँट्टा प्रहार गर्दै भागदौड मच्चिँदा प्रहरीले लाठी चार्जसमेत गर्नुपरेको भन्दै रेस्लर बिसुरालले दर्शकलाई सम्यम रहन दुई दिन अघि प्रतियोगिताको जानकारी दिन गरीएको पत्रकार सम्मेलनमा आग्रह गरेका थिए ।
अमेरिका र जापानबाट अन्तराष्ट्रियस्तरका ख्यातीप्राप्त खेलाडी शुक्रबार नै नेपाल आइपुगेका छन् ।
नेपाली दर्शकले टेलिभिजनमा हेर्दै आएको रेस्लिङको घम्साघम्सी प्रत्यक्षरूपमा अवलोकन गराउन प्रतियोगिता सफल हुनेमा च्याम्पियन सङ्घ विश्वस्त रहेको छ ।


How about this Article

No comments:

Leave a Reply