Breaking News

निर्वाचन हुन नदिन तीन शक्ति लाग्या'छन्

baburam bhattrai१७ जेठ, विराटनगर । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारको गठन निर्वाचन प्रयोजनका लागि भएकाले कसैले जतिसुकै षडयन्त्र गर्न खोजे पनि निर्वाचन भएरै छाड्ने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रद्वारा आयोजित 'संविधानसभाको दोस्रो निर्वाचन र सङ्घीयताको प्रश्न' विषयक गोष्ठीमा बोल्दै उनले संविधानसभाको दोस्रो निर्वाचन हुन नदिन अहिले पनि तीनवटा शक्ति लागिरहेको बताए । उनले निर्वाचन हुन नदिनका लागि दक्षिणपन्थी, फुटेर गएको वामपन्थी शक्ति र अन्तरराष्ट्रिय शक्ति लागिरहेको बताए ।
भट्टराईले प्रधानन्यायाधीशको राजीनामाको कुरा झिकेर संविधानसभाको निर्वाचन भाँड्ने प्रयास भइरहेको चर्चा गर्दै अब कुनै पनि शक्तिले मङ्सिरमा निर्वाचन गराउनबाट रोक्न नस्कने दाबीसमेत गरे।

How about this Article

No comments:

Leave a Reply