Breaking News

नेपाल-भारत-गृहसचिव-वार्ता-राजधानीमा

nepal-india-flag१८ जेठ, काठमाडौ । वार्ता सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ एवम् व्यवस्थित बनाउने विषयमा नेपाल-भारत गृहसचिवस्तरीय वार्ता आज हुँदैछ । 
वार्तामा सुरक्षासम्बन्धी आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनुका साथै मानव तथा लागुऔषध ओसारपसारका र भारतीय जाली नोट तस्करी रोक्न दुवै देशका अधिकारीले प्रभावकारी उपाय अवलम्बन गर्ने सम्बन्धमा पनि वार्ता केन्द्रित हुने बताइएको छ ।
वार्तामा भाग लिन १८ सदस्यीय टोलीको नेतृत्व गर्दै भारतका केन्द्रीय गृहसचिव आरके सिंह आज राजधानी आईपुग्ने छन् । नेपाली पक्षको नेतृत्व गृहसचिव नवीनकुमार घिमिरेले गर्नेछन् ।
वार्तामा गृह, परराष्ट्र, कानुन मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ अधिकारी गरी १८ जना सहभागी हुनेछन् ।
यसअघि सो वार्ता भारतको नयाँदिल्लीमा भएको थियो ।


How about this Article

No comments:

Leave a Reply