Breaking News

हुम्लामा सीता एयरको विमान दुर्घटना

sita air१८ जेठ, काठमाडौ । नेपालगञ्जबाट हुम्लातर्फ गएको विमान दुर्घटना भएको छ । सीता एयरको उक्त विमान दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । उक्त विमान हुम्ला विमानस्थलमा नै दुर्घटना भएको हो । विमान धावन मार्गमा नै दुर्घटना भएको हो । 
हुम्लाका लागि उडेको सीता एयरको ९ एन–एबीएच विमान अवतरणका क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त विमानको पखेटा र पाङ्ग्रामा क्षति पुगेको छ ।
विमान आज बिहान ७ बजेर १० मिनेटमा सिमिकोट विमानस्थलमा दुर्घटना भएको हो । विमानमा चालक दलका दुई सदस्यसहित पाँच यात्रु थिए ।

How about this Article

No comments:

Leave a Reply