त्यो डरलाग्दो हत्याकाण्डको रहस्य के थियो ?
ललितपूरको बंगलामुखी मन्दिरमा दर्शनगरी फर्किदै गरेको समयमा युएन पार्कमा नजिक न्यायाधीश बमको हत्या भएको थियो । चोरीको मोटरसाइकल प्रयोग गरि 'कन्ट्याक किलर'ले न्यायाधीश बमको हत्या गरेका थिए ।
हालका प्रहरी महानिरिक्षक कुवेरसिंह रानाको संयोजकत्वमा प्रहरीले उच्चस्तरिय छानविन समिति गठन गरेपनि हत्याको रहस्य गर्भमै रहेको छ । न्यायपरिषदबाट महाभियोग प्रस्ताव लगाएर अदालतबाट निकाल्न लागिएका न्यायाधीश बमको हत्यामा अन्तराष्ट्रिय शक्ति केन्द्रको संलग्नताको आशंका गरिएको छ । हत्याको आयस न्यायालयलाई कमजोर तुल्याउनु थियो भन्ने कुरा यसअघिनै आएको थियो ।
अन्य घटनामा 'पानीमुनी'को अपराधी भेटाउने प्रहरीले रणबहादुर बमको हत्यामा संलग्नको पत्तो पाउन नसक्नुले हत्यामा ठूलो षडयन्त्र भएको अनुमान गरिएको छ । 'मुलुकको एकमात्र स्वतन्त्र निकाय न्यायलयलाई तर्साउने नियतले न्यायालयमा आक्रमण भएको थियो, सर्वोच्च स्रोत भन्छ, 'त्यो कुरा क्रमश पुष्टि हुदैछ ।' संविधानसभा विघठन भएको घटना सेलाउन नपाउदै न्यायाधीश बमको हत्या भएको थियो ।
नेपाल प्रहरीले न्यायाधीश बमका हत्यारा पत्ता लाग्ने आश मारिसकेको छ । नेपाल प्रहरीका अवकास प्राप्त एकजना डिआइजीले बमको हत्या मदन भण्डारी र पूर्व राजा वीरेन्द्रको हत्यारा पत्ता लाग्यो भनेमात्र न्यायाधीश बमका हत्यारा पत्ता लाग्ने टिप्पणी गर्छन् । न्यायाधीश बमको हत्यापछि सर्वोच्चका न्यायाधीशलाई विशेष सुरक्षा दिइएपनि सुरक्षा खतरा कायमै रहेको प्रहरीको अनुमान छ ।

No comments: