पूर्व युवराज दीपेन्द्र त्यस्ता 'परपीडक' थिए ?
तर, पूर्व युवराज दीपेन्द्र परपीडक अर्थात अरूको दुखमा रमाउने व्यक्ति थिए । दरबारका पूर्व सचिव एवं राजा वीरेन्द्रका अंगरक्षक रहेका विवेक शाहको पुस्तकमा दीपेन्द्रलाई परपीडकको रूपमा चित्रण गरिएको छ ।
विवेक शाहले लेखे अनुसार पूर्व युवराज दीपेन्द्रले ज्युदो मुसालाई छोपेर पुच्छरमा आगो लगाएर छाडिदिन्थे र मुसा छटपटाएको देखेर रमाउने गर्थे । दीपेन्द्रले शिकार गर्ने क्रममा पनि पंछीलाई कष्ट दिएर मार्ने गर्दथे, जुन कुराले उनलाई आनन्द महसुश गराउथ्यो ।
बाल्यकालमा हेरचाह गरेका विवेक शाहले लेखेअनुसार दीपेन्द्रले सानो उमेरमा पनि आफ्नी आमालाई पनि निकै कष्ट दिने गरेका थिए । विदेश गएको समयमा पनि दीपेन्द्रले सहयोगिलाई दुख कष्ट दिने गरेका उनले 'मैले देखेको दरबार'मा लेखेका छन् । उनले 'मैले देखेको दरवार' पूस्तकमा शाहले दीपेन्द्रका यी र यस्तै कयौ स्मरण लेखेका छन् ।
दरबार हत्याकाण्डको समयमा नारायणहिटी दरबारमा काम गरेका अर्का कनिष्ट सैनिक अधिकारीले हत्याको दिन दीपेन्द्रको जस्तो मुकुण्डो लगाएका एकदर्जन नक्कली व्यक्ति रहेको नेपालीहेडलाइन्सलाई बताए ।
पूर्वराजालाई गोली हान्ने व्यक्ति सक्कली दीपेन्द्र नभएर त्यही नक्कली मुकुण्डो लगाएको व्यक्ती हुन सक्ने भरपर्दो तथ्यलाई धेरैले वेवास्ता गरेका छन् । यस्तै, राजदरबार हत्याकाण्ड सम्बन्धी तयार गरिएको प्रतिवेदनमा समेत हत्या दीपेन्द्रलाई फसाउन खोजिएका केही तथ्यहरू भेटिन्छन् ।

No comments: