Breaking News

क्रिकेटमा ऐतिहासिक सफलता दिलाउने खेलाडीलाई जनही तीनलाख


क्रिकेटमा ऐतिहासिक सफलता दिलाउने खेलाडीलाई जनही तीनलाख

वैशाख २३ गते । बर्मुडामा सम्पन्न आईसीसी विश्व लिग डिभिजन थ्रीको उपाधि नेपाली क्रिकेटको इतिहासमा देशले अर्को नयाँ कीर्तिमान बनाएको भन्दै सरकारले क्रिकेटमा ऐतिहासिक जीत दिलाउने खेलाडीलाई जनही तीन लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । राष्ट्रिय खेलकूद परिषदको हिजो बसेको बोर्ड बैठकले टिमका सहभागि प्रत्येक सदस्यलाई उक्त रकमले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
2013-05-05-1367782204
गएराति सम्पन्न फाइनल खेलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । डिभिजन टूमा प्रवेश गरेका दुई शीर्ष टोलीबीच उपाधिको छिनाफानो गर्न भएको फाइनल खेलमा नेपालले शानदार खेल प्रस्तुत गरेको हो ।

डिभिजन थ्रीको दोस्रो खेलमा युगाण्डासँग हारेको नेपालले यो जीतसँगै उक्त हारको बदला पनि लिएको छ । ह्यामिल्टनमा पहिले ब्याटिङ गरेको युगाण्डाले ८ विकेटको नोक्सानीमा १ सय ५१ रन मात्र बनाउन सक्यो । युगाण्डाका ड्युस–डेडिट मुहुमुजाले २८ रन बनाए । सशक्त बलिङ्ग गरेका नेपालका बषन्त रेग्मी र राहुल विश्वकर्माले २÷२ विकेट लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य नेपालले ३९ ओभर २ बलमा ५ विकेट बाँकी छँदै पूरा ग¥यो । नेपालको इनिङ्गमा धैर्यपूर्वक इनिङ्ग खेलेका प्रदिप ऐरीले ६० रन बनाए भने शरद भेषवाकरले अविजित ५० रन जोडे ।

यसअघिको खेलमा इटालीलाई हराएर समूह उपविजेता बन्दै नेपाल डिभिजन टूमा प्रवेश गरेको थियो । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थान ओगट्दै युगाण्डा र नेपालले अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगितामा स्थान सुरक्षित गरीसकेका छन् ।

How about this Article

No comments:

Leave a Reply