Breaking News

ओलीले भने-एमाओवादी बनमान्छे, कांग्रेस थोत्रो मादल


जेठ, सुर्खेत
नेकपा एमालेका नेताका नेता केपी शर्मा वलीले असली वामपन्थी एमाले भएको बताउनु भएको छ । एमाले सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको जनसभामा ओलीले मान्छे र वनमान्छेमा फरक भएझैँ एमाओवादी र एमालेबीच निकै फरक भएको दावी गर्नुभयो ।

नेता ओलीले कांग्रेसलाई थोत्रो मादलको संज्ञा दिँदै नेता ओलीमा थोत्रो मादलमा छाला, डोरी, गेडी केही नभएजस्तै कांग्रेससँग विचार, नीति र सिद्धान्त केहि पनि नभएको टिप्पणी गर्नुभयो । देश विकासका लागि चुनाव अपरिहार्य भएको भन्दै उहाँले एमाओवादीले विभिन्न बखेडा झिकेर चुनाव नचाहेको आरोप लगाउनु भयो ।देशमा संविधान बन्नका लागि एमाले सहितका लोकतान्त्रिक दलहरुको बहुमत आवश्यक रहेको भन्दै उहाँले एमालेसहितका दलहरुको बहुमत नआए फेरि पनि संविधान नबन्ने दावी गर्नुभयो ।

How about this Article

No comments:

Leave a Reply