उच्चस्तरीय राजनीतिकि समितिको बैठक जारी
०३ असार- चुनावी वातावरण बनाउने विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बसीरहेको छ । नयाँबानेश्वर स्थित समितिको कार्यालयमा जारी बैठकमा चुनावी मिति घोषणाप्रति असन्तुष्ट दलहरुसँग गर्ने छलफका विषयमा कुराकानी हुने बताइएको छ ।
वैठकमा चुनावी वातावरण तयार गर्न समितिमा रहेका शीर्ष नेताहरुबीचमा छलफल हुने समितिका संयोजक विजयकुमार गच्छदारका सहयोगीले जानकारी दिएका छन् ।
यस अघि हिजोका लागि बोलाईएको वैठक चुनावप्रति असन्तुष्ट दलहरुको बन्दका कारण स्थगित भएको थियो ।

No comments: