एनआईडिसी डेभलपमेन्ट पूर्वाधार बैंक बन्ने तयारीमा
०३ असार- एनआईडिसी डेभलपमेन्ट बैंक पूर्वाधार विकास बैंक बन्ने भएको छ । बैंकको शनिबार राजधानीमा सम्पन्न ५५ औं वार्षिकोत्सवमा बैंक व्यवस्थापन समितिका अध्यक्ष खुमराज पुञ्जालीले बैंक पूर्वाधार विकास बैंक बन्ने तयारीमा जुटिरहेको जानकारी गराएका हुन् ।

पूर्वाधार विकास बैंक बन्न सक्ने आधार सहितको योजना छिट्टै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बुझाउने पनि उहाँले उल्लेख गरे । बैंकको हाल अधिकृत पूँजी १ अर्ब २० करोड, जारी पूँजी ६० करोड र चुक्ता पूँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ । कार्यक्रममा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आवश्यक योजना र आधार सहित आए बैंकलाई पूर्वाधार विकास बैंक बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले दिने सेवा सुविधा र व्याजदरमा विवेकशील बन्न बैकहरुलाई आग्रह गरे ।
उनले खास क्षेत्रमा कर्जा केन्द्रित गर्दा बैंकहरुले समस्या भोग्नु परेको भन्दै कर्जालाई साना तथा मझौला क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताए । वित्तिय क्षेत्रमा जोखिम बढ्दै गएपछि केन्द्रीय बैंकले मर्जरलाई जोड दिएको भन्दै उनले मर्जरकै कारण विस्थापित हुने अवस्थामा पुगेका वित्तिय संस्थाहरु वित्तिय क्षेत्रमा नै स्थापित भएको दाबी पनि गरे ।

No comments: