स्पेनसँगै इटलीको विजयी सुरुवात
३ असार, काठमाडौं । कन्फेरेडेसन कप फुटबलमा स्पेनसँगै इटलीले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा विश्व विजेता स्पेनले उरुग्बेलाई २–१ ले पराजित ग¥यो ।
खेलको २२ औं मिनेटमा पेड्रोको गोलबाट स्पेनले अग्रता लियो । ३२ औं मिनेटमा रोवर्टो सोल्डाडोले स्पेनको अग्रता दोब्बर पारे । ८८ औं मिनेटमा लुईस स्वरेजले करिव ३० यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेपनि हार टार्न सकेनन् ।

अर्को खेलमा इटलीले मारियो बालोटेलीको गोलको मदतमा मेक्सिकोलाई २–१ ले पराजित गरेको छ । २७ औं मिनेटमा पिर्लोले इटलीलाई अग्रता दिलाए । तर, ३४ औं मिनेटमा मेक्सिकोका हर्नाडेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ७८ औं मिनेटमा बालोटेलीले गोल गरेपछि इटली २–१ ले विजयी भयो ।

No comments: