Breaking News

किस्क र बाबालाई क्याम्पियन बास्केटबल उपाधि

किस्क र बाबा बोर्डिङ स्कुलले दोश्रो क्याम्पियन कप अन्तरस्कुल तथा कलेज थ्री वाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । किस्क कलेज र बाबा स्कुलतर्फ च्याम्पियन भए ।
गहनापोखरीस्थित आयोजक क्याम्पियन काठमाडौं कलेजको कोर्टमा भएको कलेजतर्फ फाइनलमा किस्कले नामगेललाई १७-१५ को साँघुरो अन्तरले पराजित गर्‍यो ।

 विजेताका तेन्जिन रिन्चेनले १२ अंक जोडे । सेमिफाइनलमा किस्कले भीएस निकेतनलाई १३-१० र नामगेलले लिभरपुललाई २०-१२ ले पाखा लगाएका थिए ।
स्कुलतर्फ उपाधि भिडन्तमा बाबाले हिम्सको चुनौती १९-१४ ले समाप्त पार्‍यो । बाबाको जितमा फिन्जु शेर्पाले ९ अंक योगदान गरे । सेमिफाइनलमा बाबाले माउन्ट कैलाशलाई २०-१७ ले पन्छ्याउदै हिम्सले श्रीदिवाबाट वाकओभर पाएर फाइनलमा पुगेका थिए । कलेजमा किस्कका यिओराम लि र स्कुलमा बाबाका युवराज लामा ‘मोस्ट भेलुएवल प्लेयर’ चुनिए । कलेजमा नामगेलका तेन्जिन रिन्चेन (५० अंक) तथा स्कुलमा फिन्जु शेर्पा (३० अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
कलेजतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार हात पारे । स्कुलतर्फ प्लस २ अध्ययनका लागि विभिन्न शीर्षकमा कूल ३ लाख ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्तिको व्यवस्था रहेको छ । जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको कलेजमा १६ र स्कुलमा ८ टिमले प्रतिस्पर्धा गरेको क्याम्पियनका बास्केटबल प्रशिक्षक अंकित श्रेष्ठले जनाएका छन् ।

How about this Article

No comments:

Leave a Reply