एमालेले भन्यो– ध्यायाधीशहरुलाई प्रशिक्षण दिएकै होइन
एमालेले आज एक विज्ञप्ती निकालेर पुनरावेदन अदालतका नवनियुक्त न्यायाधीशहरुलाई केन्द्रिय कार्यालयमा बोलाएर पार्टी हित विपरीत नजान निर्देशन दिएको भनेर सञ्चारमाध्यमबाट सार्वजनिक भएको समाचारको खण्डन गरेको हो ।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा एमालेले स्वतन्त्र न्यायपालिकाको सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै र न्यायालयमा कुनै पनि किसिमले राजनीतिक हस्तक्षेप हुन नहुने कुरामा जोड दिंदै आएको उल्लेख छ । न्यायालयको स्वतन्त्रता, गरिमा र मर्यादा संरक्षणका लागि एमाले क्रियाशील रहेको भन्दै गुरुङले एमाले स्वतन्त्र न्यायापालिकाको पक्षमा निरञ्तर प्रतिबद्ध रहने बताउनुभयो ।
एमालेले पुनरावेदन अदालतका आफू निकटका केहि न्यायाधीहरुलाई पार्टी कार्यालयमै बोलाएर पार्टी हित विपरित काम नगर्न निर्देशन दिएको समाचार केहि दिन अघि सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो

No comments: