Breaking News

बाधा अड्काउ फुकाउ आदेश र ११ बुदे सहमतिअनुसार अघि बढ्नुपर्नेमा कार्यमत

१९ जेठ,काठमाडौ । निर्वाचन ऐनका विषयमा सहमति खोज्न आज बसेको प्रमुख चारदलीय कार्यदलको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र ११ बुँदे सहमति अनुसार नै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । उच्चस्तरीय राजनितिक समितिको कार्यालय नयाँ बानेश्वरमा दिउसो बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । तर भोलि बिहान ९ बजे शिर्ष नेताहरुसंग थप छलफल गरेर मात्रै विवादित बिषयमा ठोस धारणा बनाउने निर्णय गरिएको नेपाली काङग्रेसका नेता डा. रामशरण महतले बताएका छन् ।
दलहरुबीच संविधानसभाको सदस्य संख्या, समानुपातिक चुनावतर्फ प्रस्तावित थ्रेसहोल्ड, फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने लगायतका विषयमा विवाद छ ।

कार्यदललाई भोली साझँ बस्ने उच्चस्तरीय राजनितिक समितिको बैठकमा सुझाव पेश गर्न जिम्मेवारि दिईएको छ । कार्यदलले सहमति जुटाएको बिषयमा उच्चस्तरीय राजनितिक समितिले छलफल गरेर सरकारलाई चुनावको मिति घोषणा गर्न सिफारिस गर्नेछ ।
निर्वाचन अध्यादेशमा सहमति जुटेपछि मात्रै संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने दलहरुबीच सहमति भएपछि चार शक्तिका २-२ जना नेताको सहभागितामा विवाद समाधानका लागि कार्यदल बनेको थियो ।

How about this Article

No comments:

Leave a Reply