दीपेन्द्रको सम्झनामा देवयानीले लेखिन् कविता
धेरै नेपाली पुर्व युवराज दीपेन्द्रले आफ्नै परिवार भुटे भनेर विश्वास गर्देनन् तर उनीमाथि लागेको दाग कायमै छ आज पुरै १२ वर्षसम्म ।
१२ वर्षमा खोलो फर्कन्छ भन्थे तर उनका लागी फर्किएन । करोडौ नेपालीको अविश्वासका बाबजुत उनी हत्यारा कहलिन्छन् आजका मितिसम्म पनि ।
दीपेन्द्रको मृत्युपछी उनीकै नामसँग एउटा नाम सदाबहार जोडिने गरेको छ, त्यो पशुपति शमसेर राणाकी छोरी देवयानी राणा । उनलाई दीपेन्द्रको प्रेमिका भनेर खुब प्रचार गरियो ।
देवयानीले कहिलै मुख खोलेर दीपेन्द्र मेरी प्रेमी होइन् भनेर भनेकी पनि छैनन् । त्यसैले जनमानसमा देवयानी मृत पुर्व युवराज दीपेन्द्रकी प्रेमिका बनेर अमर बनेकी छिन् ।
तर अब देबयानी दिपेन्द्रकी मात्रै प्रेमिका रहिनन्, उनले विवाह गरिसकेकी छिन् । हाल युएनडिपिमा काम गर्ने देवयानीले दीपेन्द्रलाई भने बिर्सिएकी रहिनछिन् । उनले दरबार हत्याकाण्डको १२ औ बर्षगाँठमा आज फेसबुकमा एउटा अंग्रेजीमा कविता पोष्ट पनि गरेकी छिन् ।
आजै उनले पुर्व राजा विरेन्द्रको परिवारको फोटो राखेर लेखेकी छिन्, 'आइ अल्वेज ह्याग रेस्पेक्स फर दिस फेमिली'

No comments: