हेलिकोप्टर दुर्घटनाबाट इरानका राष्ट्रपति बल्ल तल्ल जोगिए
सो दुर्घटनाग्रस्त हेलिकोप्टरलाई विमान चालकले सङ्कटकालीन अवतरण गरेपछि राष्ट्रपतिलगायत सबै सकुशल रहेका जनाएको छ ।
उत्तर–पूर्वी इरानको एक पहाडी क्षेत्रमा एक स्थानीय परियोजनाको उद्घाटनका लागि राष्ट्रपति र सरकारी अधिकारीहरू लिएर उडेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
यस दुर्घटनाबाट राष्ट्रपति, अन्य सरकारी अधिकारी र चालकदलका सदस्यसमेत सकुशल रहेका छन् । राष्ट्रपति अहमदिनेजादको आगामी अगस्त ३ तारिखका दिन राष्ट्रपतिको कार्यकाल समाप्त हुँदैछ ।

No comments: