Breaking News

एसएलसीको नतिजा असार पहिलो साता

१९ जेठ, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा ढिलोमा असारको पहिलो साताभित्रमा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ ।
उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिएका छन्। दुई वटा केन्द्रको मात्रै उत्तरपुस्तिका कार्यालयमा आउन बाँकी रहेको उनले बताए ।

गत चैत १ देखि सुरु भई ९ गते सम्पन्न भएको ५८ वटा विषयको ७९औँ संस्करणको एसएलसी परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षार्थीको उत्तरपुस्तिका ६० केन्द्रमा परीक्षण भएको थियो ।

गत वर्ष जेठको ३१ गते एसएलसीको नतिजा सार्वजनिक भएको थियो ।

How about this Article

No comments:

Leave a Reply