Breaking News

दीपेन्द्रले भटटटट बन्दुक चलाएको भन्ने रानाभाट भन्छन–दरवार हत्याकाण्ड ‘घरझगडा’ थियो

Taranath-ranabhat१९ जेठ,काठमाडौ। राजदरवार हत्याकाण्डको सम्बन्धमा युवराज दीपेन्द्रले स्वचालित बन्दुक भटटट चलाएको भनेर चर्चामा आएका तत्कालिन सभामुख एवं दरवार हत्याकाण्ड छानविन समितिका एकजना सदस्य तारानाथ रानाभाटले दरवार हत्याकाण्ड ‘घरझगडा’को परिणती भएको बताएका छन । उनले दरवार हत्याकाण्डको प्रतिेवेदन तयार गर्न आफूहरुलाइ कसैको दवाव नभएको समेत दावी गरे ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन सरकारले आयोग बनाएका कारण आफूहरु आयोगमा बसेको र आफूहरुको भूमिका प्रहरीले घटनाको मुचुल्का उठाए भन्दा बढि नभएको उनले बताए ।
‘धेरै कुरात मेरो विस्मृतिमा गइसके, पोखरामा रहेका रानाभाटले नेपाली हेडलाइन्स संगको संक्षिप्त कुराकानी मामा भने–म ती दृश्य पटक्के सम्झन चाहान्न ।’
प्रतिवेदन सार्वजानिक गर्ने समयमा युवराज दीपेन्द्रले बन्दुक चलाएर भटटटट बन्दुक चलाएर पूर्वराजाको हत्या गरेको बताएपछि रानाभाट चर्चा र विबादमा परेका थिए । उनको त्यो ‘रटटटटट’लामो समय चर्चित  बनेको थियो ।
रानाभाट इमान्दार थिए
दरवार हत्याकाण्डको छानविन समितिको सदस्यमा बस्नुपरेको बाध्यताका कारण तारानाथको राजनीतिक भविश्य सकियो । कांग्रेसकै शेरबहादुर देउवाले संसद विघठन गरेपनि रानाभाट प्रतिनिधिसभाको सभामुख रहीरहे । रानाभाटले नमानेका कारण जनआन्दोलनको पृष्ठभूमीमा प्रज्ञा प्रतिष्ठानमा बसाइएको संसदको अध्यक्षता तत्कालीन उपसभामुख चित्रलेखा यादवले गरेकी थिइन ।
जनआन्दोलनमा नलागेको भनेर प्रतिनिधि सभा पुनस्थापना भएपछि रानाभाटको सभामुख पद खोसियो, तर रानाभाटलाइ गिरिजाले नै राजीनामा नगर्न दवाव दिएका थिए । दरवारको सूचना प्राप्त गर्नका लागि कोइरालाले रानाभाटलाइ सभामुख पदवाट राजीनामा गर्न दिएनन । कानूनका ज्ञाता रानाभाट कांग्रसमा सभापति बन्न सक्ने हैसियत भएका प्रखर बक्ता हुन ।
दरवार हत्याकाण्डको छानविन समितिमा बस्नुपर्ने बाध्यता उनको राजनीतिक जीवनको पतनको सुरुआत भयो । सुरुमा समितिमा राखेपति तत्कालिन विपक्षी दलका नेता माधवकुमार नेपालले राजीनामा गरेर राजनीतिक करिअर जोगाएका थिए ।





How about this Article

No comments:

Leave a Reply