Breaking News

सरकालेनै कमलरीको शोषण गर्यो, एक दर्जन बेहोस

१९ जेठ, काठमाडौ । आफूहरुमाथी भइरहेको शोषण अन्त्यको मागगर्दै सिंहदरबारको दक्षिणी ढोका अगाडि धर्नामा बसेका कमलरीमाथी प्रहरीले व्यापक दमन र धरपकड गरेको छ । प्रहरीको लाठी प्रहारबाट १३ जना कमलरी बेहोस भएका छन भने १५ जना घाइते भएका छन् । 

धर्नामा बसेका ४२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । विभिन्न माग राख्दै १४ गतेदेखि रत्नपार्क स्थित शान्तिबाटिकामा धर्नामा बस्दै आएका कमलरीले सरकारले आफूहरुका मागको वेवास्था गरेको भन्दै सिंहदरबार घेर्न गएका थिए । प्रहरी दमनको विरोधमा आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने कमलरी नेत्री एवं पूर्व सभासद शान्ता चौधरीले जानकारी दिइन् ।

How about this Article

No comments:

Leave a Reply