ज्ञानेन्द्रले भने, बेकारमा मारिछु..
आज दिल खोलेर भन्न मन लागेको छ, मनका पिडा उकुसमुकस गरेर आउन खोज्दछन् । कति दिन सम्म रोकेर राखु मैले, १२ वर्ष त भइसक्यो । अब मन मान्दैन भन्दिऊ भन्दऊ लाग्छ । यो मन भत्भती पोलेर आउँछ । भन्ने हिम्मत पनि कहाँ आउँछ र ? सजिलो रहेनछ साँचो बोल्न ।
१२ वर्षमा खोलो फर्कन्छ भन्थे तर फर्किएन । एउटा जाबो नाथे हत्याकाण्डको गु्त्थी सुल्झाउन सकेनन् सत्तामा बस्नेहरूले । त्यसैले मुख खोलेर जनताका सामु भन्न नसकेपछि यही डायरीमा लेख्दै छु ।
दाई ! म तिम्रो हत्यारा हुँ, मैले नै मारेको हो तिम्लाई । तर जेलाई मारे त्यही पाइन् मैले । तिम्ले ढङ्ग पुर्याएर हाम्रो विरासत धानेका रहेछौ तर मैले जानिन् तिमीलाई त मारे मारे राजसंस्थानै सके ।
मेरै छोरो मलाई राजसंस्था सकिस् भन्छ उसलाई के थाहा मैले तिम्लाई पनि सकेको हुँ भनेर ।
मलाई राजगद्दी पाउने सपनाले अन्धो बनाएको थियो । मैले केही देखिन्, तिमी, भाउजु र भतिज आफ्नै हुन भन्ने बिर्सिए र सत्ताको लोभमा तिम्रा पुरा परिवार सके, अहिले न राजगद्दी रह्यो न म रहे । हाय ! तिमी रगताम्य भएर ढलेको ! बेकारमा मैले त्यस्तो किन गरे ? के पाए मैले ? सम्झेर ल्याउँदा यो मन भक्कानिन्छ, मुटु झर्ला जस्तो हुन्छ, मैले बेकारमा मारिछु दाई तिम्लाई !
मलाई राजा बन्नु थियो, देश हाक्नु थियो, तिम्रो परिवारलाई देख्दा इर्श्याले मन पोल्थ्यो, डाह हुन्थ्यो, जलन हुन्थ्यो । अनि योजना बनाए सके तिम्रा परिवारनै सके तर के पाए मैले ? अहिले आएर थाहा पाए, १२ वर्षपछि मेरो बुद्धीमा लागेको बिर्को खुल्यो मैले बल्ल थाहा पाए मैले कस्तो गल्ती गरेको रहेछु भनेर । दाइ मलाई माफ गरिदेउ ।
मैले सजाय पनि पाउनुसम्म पाए । राजसंस्था गयो, त्यसको दागले अब मरेपछि पनि मलाई मान्छेले धिकार्नेछन् । तिमी त बरु मरेर पनि अमेर बन्यौं । गणतन्त्रवादी हुँ भन्नेहरु पनि तिम्लाई मनपराउँछन् । प्रत्येक वर्ष जेठ १९ आउँछ सारा नेपाली तिम्लाई राजा झैं सम्झन्छन् ।
म त पुर्वराजा कस्ले गर्ने वास्ता ? आजकल नंग्रा छैनन् हाम्रा, सेना हाम्रो रहेन, नेपाली सेना बन्यो । देशनै बिरानो भइसक्यो । हिजोका हाम्रा पुच्छरहरु आज खूंखार गणतन्त्रवादी भाँछन् । दाइ तिमी नहुँदा केही रहेन । त्यसैले सम्झेर ल्याउँदा यो मन भक्कानिन्छ, मुटु झर्ला जस्तो हुन्छ ।
छोरा पनि जाँडले सकियो, झण्ड बाँचेको छ । मैले केही बोल्न हुन्न, बोल्यो की तिम्रो बुद्धिले राजसंस्था गयो भन्छ । मन खिन्न छ, मन साट्ने मान्छे कोही छैन् तिम्रो अभाव खड्किएको छ दाई मलाई ।
एउटी बुहारी छ गतिली, छोरा बुझ्दैन, पटक्कै बुझ्दैनन् । १२ वर्षपछि म निरस भए, एक्लो भए न म राजा रहे न मान्छे रहे । पुर्व राजा भन्छ भन्छन दाइ आजकल मलाई । त्यसैले सम्झेर ल्याउँदा यो मन भक्कानिन्छ, मुटु झर्ला जस्तो हुन्छ, मैले बेकारमा मारिछु दाई, तिम्लाइ !
हरी लम्साल (यी विचारहरू लेखकका पूर्ण व्यक्तिगत विचार हुन् ।

No comments: