Breaking News

कुरा नयाँ काम पुरानै ढर्राको हुँदा समस्या

post bd bogati२० जेठ, चौतारा । एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीले कुरा नयाँ गर्ने तर काम पुरानै ढर्राबाट गर्ने सोच बोकेका पार्टीले गर्दा नै चुनावको मिति तोक्न नसकिएको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशनको आज चौतारामा उद्घाटन गर्दै हिजो ध्वंसलाई प्रधान मानिआएको पार्टीले अब भिन्दै तरिकाले सङ्घर्षलाई अघि बढाएको तथा उत्पादन र आर्थिक बृद्धि सँगसँगै लान खोजेको स्पष्ट पारे ।
उनले वर्तमान निजामती सेवा ऐन पुरानो भएको र त्यसले तल्लो तहका कर्मचारीको भविष्य सुनिश्चित गर्न नसकेको बताउँदै आर्थिक वर्षको अन्त्यमा मात्र निर्माण थालनी गर्ने परिपाटीले गुणस्तरीय काम नहुने हुँदा सार्वजनिक खरिद ऐनलगायत अन्तरविरोधी ऐनलाई परिमार्जन गर्न जरुरी भएको बताए ।
एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उच्चस्तरीय राजनीतिक समितिमा बस्ने नेताहरूले बेला न कुबेला मन्त्रिपरिषद्का अध्यक्षको प्रधानन्यायाधीशबाट राजीनामाको माग अलापिरहेको आरोप लगाए ।
कर्मचारी महासङ्घका अध्यक्ष पवित्रा तिमिल्सिनाले वर्तमान सरकारको काम निर्वाचन गराउने भएकाले कर्मचारी सरुवा वढुवामा सीमित नरहन आग्रह गरिन् । रासस


How about this Article

No comments:

Leave a Reply