Breaking News

सदभावना पार्टीमा तीनजना गैर मधेशी नियुक्त, कस्ता अनुहार गए ?

२० जेठ, काठमाडौं । तराइलाइ एक प्रदेश बनाउने एजेण्डा बोकेको पवर्ते समुदायप्रति पूर्वाग्रही राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले तीनजना गैर मधेशी समुदायका व्यक्तीलाइ केन्द्रीय समितिमा मनोनयान गरेको छ । सदभावना अध्यक्ष राजेन्द्र महतोले तीनजनालाइ केन्द्रीय समितिमा मनोनय गरेका हुन ।
 केन्द्रीय समितिमा नियुक्त हुनेहरुमा सुनसरीका गणेश बहादुर बस्नेत, सिन्धुलीका सुमन विक्रम थापा र कास्कीका हिकमता मियाँ रहेका छन । बस्नेत नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका केन्द्रीय अध्यक्ष हुन भने थापा एकिकृत माओवादी पार्टीका राज्य समिति सदस्य हुन ।

सदभावना पार्टीलाइ पहाडमा विस्तारका क्रममा महतोले गैर मधेशीलाइ केन्द्रीय समितिमा लगेका हुन । सदभावनाले देशका ६१ जिल्लामा संगठन विस्तार गरेको छ ।

How about this Article

No comments:

Leave a Reply