मंगलवारदेखी तराइका जिल्लामा आमहडताल, कमलरी आन्दोलनमा जनजाती महासंघको ऐक्यबद्धता
२० जेठ काठमाडौं ।
काठमाडौको सिंहदरवार अगाडि शान्तिपूर्ण आन्दोलनमाथी भएको प्रहरी धरपकडमा विरोधमा थारु सम्बद्ध संघ संगठनले मंगलवारदेखी तराइका २२ जिल्लामा आम हडताल आह्वान गरेका छन । थारु कल्याणकारी संगठन लगायत संगठनले सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि कमलरीका माग पूरा नहुदा सम्म आन्दोलन चर्काउने बताएका हुन ।
कमलरीप्रथा उन्मुलन संयुक्त संघर्ष समितिले सरकारले गठन गरेको सहसचिव स्तयिर बार्ता टोलीसंग वार्ता अश्वीकार गरेको छ । मन्त्रीस्तरिय वार्ता टोलीसंग मात्र वार्ता गर्ने संघर्ष समितिका सदस्य सन्तोष दहितले बताए ।
आइतवार भएको प्रहरी धरपकडमा घाइते भएका ५ जना कमलरी अहिलेसम्म अचेत रहेको कमलरी नेत्रृ शान्ता चौधरीले जानकारी दिइन । कमलरीको आन्दोलनप्रति विभिन्न संघ संस्थाले ऐक्यबद्धता जनाएका छन । जनजाती महासंघका अध्यक्ष नरेन्द्र कुमालले कमलरीको मागमा आफूहरुको ऐक्यबद्धता रहेको पत्रकार सम्मेलनमा बताए ।

No comments: