Breaking News

बबन सिंह आजदेखि उपेन्द्रको हुँदै

baban singh२१ जेठ, काठमाडौ । नेपाली कांग्रेसले नपत्याएपछी स्वतन्त्र उम्मेदवार बन्दै संविधानसभाका सभाषद् बनेका बबन सिंह उपेन्द्र नेतृत्वको मधेषी जनअधिकार फोरममा प्रवेश गर्ने भएका छन् ।
आज आयोजना हुने एक कार्यक्रमका बिच बबन सिंह तमलोपा नेपालका पूर्व नेता रामचन्द्र रायसँगै पार्टी प्रवेश गर्ने भएका छन् । मधेषी जनअधिकार फोरमले दिएको जानकारी अनुसार सिंह र रायसहित राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र तमलोपाबाट केन्द्रियस्तरका नेता समेत पार्टी प्रवेश गर्न लागेका छन् ।
रौतहट-१ बाट स्वतन्त्र रूपमा निर्वाचित सिंह करिब एक वर्षपछी आफै तमलोपा प्रवेशको घोषणा गरेका थिए । तर, पार्टीले भने उनलाई कुनै जिम्मेवारी दिएको थिएन ।
यसैबीच उनले कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेपनि पार्टीले कुनै वास्ता नगरिदिएपछी उनी अहिले मधेषी जनअधिकार फोरममा प्रवेश गर्न लागेका हुन् ।

How about this Article

No comments:

Leave a Reply